arrow

काँग्रेस म्याग्दीको सभापतिमा गर्बुजा सर्वसम्मत, देउवा निकट सभापति ८ पुगे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
kham-bahadur-myagdi.jpg

म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत चयन भएका छन्। बेनीमा बुधवारदेखि सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि सभापति पदमा गर्बुजाको मात्र उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएको पत्रकार राकेश शर्माले जानकारी दिए।

सभापतिका आकाङ्क्षी रेशम बहादुर बानियाँले उम्मेदवारी नदिई महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएपछि गर्बुजा सर्वसम्मत भएका हुन्। अन्य पदहरूमा पनि सर्वसम्मतको प्रयास भइरहेको शर्माले बताए।

बुधवार दिउँसो २ बजेसम्म तोकिएको मनोनयनको समय तालिकामा अध्यक्षमा गर्बुजाको मात्र मनोनयन पर्‍यो भने ३ महाधिवेशन प्रतिनिधि र ९ कार्यसमिति सदस्य पनि सर्वसम्मत भएका छन्।

केन्द्रीय सभापति शेर बहादुर देउवा निकट गर्बुजा यसअघिको कार्यसमितिका पनि सभापति हुन्। बेलायती गोर्खा सैनिकका सेवानि वृत्त गर्बुजा बि.स. २०७० र ७४ को संसदीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट उम्मेदवार थिए। यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाव लडेका गर्बुजा दोस्रो पटक सर्वसम्मत नेतृत्व दोहोर्‍याउने अवसर पाएका हुन्।

गर्बुजा निर्वानित भए पछि सभापति देउवा निकट सभापतिको सङ्ख्या ८ पुगेको छ भने देउवा इतरका सभापति ६ जना पुगेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ