arrow

'चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, सभापतिमा लड्छु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
sasanka.png

किमाथाङ्का । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी चुनावमा कुनै पार्टीसँग तालमेल नहुने बताएका छन् । बुधवार तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।  

नेपाली काँग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ थियो । महामन्त्री गठबन्धन चुनाव अघिसम्म मात्रै रहने बताए । उनले भने, “आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन, आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा काँग्रेसले सहमति गरेको छैन ।” 

पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए ।  पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । 

कोइरालाले आगामी निर्वाचनपछि काँग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे। एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा काँग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ