arrow

कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी– बालकृष्ण खाँण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
khand-balkrishna-2021.jpg

रुपन्देही । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी भएको बताएका छन् । नेपाली कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘कांग्रेस कार्यकर्ताको पार्टी र नेपाली जनताको साथी हो’ भनेका हुन् । 

प्रदेश अधिवेशनको लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी पाएका गृहमन्त्री खाँणले कांग्रेस सुदृढ र बलियो भयो भने जनताको हक, अधिकार स्थापित हुने दाबी गरे । 
उनले कांग्रेसको चौधौं महाधिवेशनको अभियानमा कसरी जनतालाई जोड्ने र जनताको मन कसरी जित्ने भन्नेतिर सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । 

यो महाधिवेशनले नेताहरुको चयन, पदाधिकारीहरुको छनोट मात्र हैन जनतालाई नयाँ जीवन प्रदान गर्ने, नयाँ रक्तसञ्चार, नयाँ आशा र भरोसा दिलाउन हामी सबैको सार्थक भुमिका हुनुपर्ने उनको भनाइ छ । 

फरक प्रसङ्गमा उनले कांग्रेसको नेतृत्वमा ठूलो ठूलो आन्दोलन भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थापन गर्न कांग्रेसले अतुलनीय भूमिका खेलेको बताए । 

गृहमन्त्री खाँडले सरकारको पहिलो प्राथमिकता नै जनताको सुरक्षा, हक अधिकार सुनिश्चित गर्नु रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ