arrow

अमेरिकी उप-सहायक विदेश मन्त्री केल्ली किडरलिङ पनि काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
Kelly-Keiderling.jpg

काठमाडौँ । अमेरिकी उप सहायक विदेश मन्त्री केल्ली किडरलिङ काठमाडौँ आइपुगेकी छिन् । यसअघि बुधवार नेपाल आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुपनि राजधानी काठमाडौँमा छन् ।

उप सहायक विदेश मन्त्री किडरलिङलाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वागत गरेका छन् । नेपालमा भ्रमणका क्रममा केइडरलिङले सरकारी अधिकारीहरूसँग सँगै नागरिक समाजका अगुवाहरूसँग भेट गर्ने बताइएको छ ।

बिहीबार बिहानै सहायक विदेश मन्त्री लुले त्रिवि शिक्षण अस्पतालको अवलोकन गरेका छन् । यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका अन्य शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ