arrow
ADVERTISEMENT

काँग्रेस मकवानपुर: शुक्रवार हुने निर्वाचनका लागि टिम घोषणा

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
congress-14th-general-convention.jpg

मकवानपुर । नेपाली काँग्रेसले १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै छ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरूले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  ।

भोलि हुने निर्वाचनको लागि नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (क) सभापतिका उम्मेदवार  सुशान्त कुमार श्रेष्ठले आफ्नो  टिम सार्वजनिक गरेका छन्। श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफू नेतृत्वको टिम घोषण गरेका हुन । उनको नेतृत्वमा उपसभापतिमा  गोपाल न्यासुर र कमला वाइबा  रहेका छन् ।

त्यसै गरी  सचिव पदमा भूमिनन्द गौतम  र शङ्कर पराजुली , सह–सचिव पदमा दीपक ढकाल  र अमर सोराइलि रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (क) को प्रदेश प्रतिनिधितर्फ जानुका ठकुरी समीक्षा बिक, छाया अधिकारी महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुनेछन् । पुरुषतर्फको खुल्ला सदस्य पदमा उद्धव सत्याल, सचित थापा, नवराज खतिवडा , तेज प्रसाद घिमिरे , मोहन प्रसाद ढकाल , धुर्ब दुलाल उम्मेदवार हुँदै छन् । खस आर्यतर्फ पुरुष सदस्यमा बालकृष्ण सापकोटा रहेका छन् । आदिवासी जनजातिबाट महिलातर्फको सदस्यमा कृति घलान,भानु सोराइली,पुरुषतर्फ भक्त बहादुर राई,दीपक सी घलान,नर बहादुर पुलामी दलिततर्फ अनिल बिक र अल्पसङ्ख्यकतर्फ रामशरण माझी  उम्मेदवार हुने जनाइएको छ ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेशसभा (ख) सभापतिका उम्मेदवार  राजेश बानियाँले पनि टिम सार्वजनिक गरेका छन्। बानियाँ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष समेत हुन ।

उनको नेतृत्वमा उपसभापतिमा  विनोद शर्मा र शुक्र जोशी  रहेका छन् । त्यसै गरी  सचिव पदमा प्रदीप कँडेल र गोकर्ण सुवेदी, सह–सचिव पदमा केदार ढोडारी र सानुकान्छा दोङ रहेका छन् । प्रतिनिधिसभा १ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधितर्फ शर्मिला श्रेष्ठ, लक्ष्मी न्यौपाने, गीता न्यौपाने महिला खुल्लातर्फको सदस्य पदका उम्मेदवार हुन् ।

पुरुषतर्फको खुल्ला सदस्य पदमा भवनाथ अधिकारी, गुरुप्रसाद गोपी, दीपक तिवारी, सुनिल गिरी, अच्युत शर्मा, ऋषिराज बानियाँ र अभय श्रेष्ठ उम्मेदवार हुँदै छन् । खस आर्यतर्फ (महिला)सदस्यमा प्रमीला खतिवडा र पुरुष सदस्यमा रामहरि आचार्य र भरतराज न्यौपाने रहेका छन् । आदिवासी जनजातिबाट महिलातर्फको सदस्यमा विमला थिङ, पुरुषतर्फ महारत्न लामा अर्जुन कुमार थिङ, दलिततर्फ कृष्ण नेपाली र अल्पसङ्ख्यकतर्फ सविन भट्टाचार्य उम्मेदवार हुने जनाइएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ प्रदेशसभा (ख) मा युवा नेता रञ्जन काला खेतीको नेतृत्वमा चुनावी टिम घोषणा गरिएको छ । आज हेटौँडामा पत्रकार सम्मेलन गरी कालाखेतीकोे नेतृत्वमा टिम घोषणा गरिएको हो ।  उनको नेतृत्वमा उपसभापतिमा भुवन नेगी र रामकुमार वाल्पा थिङ रहेका छन् । त्यसै गरी सचिव पदमा कृष्ण योञ्जन र नवराज पौडेल, सहसचिवमा गोपीलाल थिङ, र सालिकराम अधिकारी रहेका छन् ।

प्रतिनिधिसभा २ को प्रदेशसभा (ख) को प्रदेश प्रतिनिधिको खुल्ला महिलातर्फ देवकी उप्रेती, यासिका घिसिङ, पद्मादेवी श्रेष्ठ उम्मेदवार रहेका छन् । पुरुषतर्फको खुल्ला सदस्य पदमा नीराजन बर्तौला, कृष्णहरि काला खेती, निरशंकर लामा, कविता बर्तौला, बेलबहादुर मुक्ता, कान्छाराम रुम्बा र ज्ञानेन्द्र बर्तौलाकोे उम्मेदवारी रहेको छ । खस आर्यतर्फ जयन्ती पाठक, आदिवासी जनजातिबाट पुरुषतर्फ सागर जिम्बा, निजन घलान र ठुलो कान्छा लामा रहेका छन् भने महिलातर्फको सदस्यमा सङ्गीता थिङ र सीता बल रहेका छन् । त्यस्तै, दलिततर्फ लोकबहादुर नेपाली र अल्पसङ्ख्यकतर्फ विनोदकुमार प्रजाको उम्मेदवारी रहेको छ ।

प्रदेश सभा निर्वाचनमा सो क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, प्रदेश सभा निर्वाचन क्षेत्र भित्रका गाउँ/नगर/उपमहानगर/महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुनेछन् ।

यसै गरी सो क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवम् पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेशसभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने व्यवस्था काँग्रेसको विधानमा छ।

विधान अनुसार प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिले प्रदेशसभा क्षेत्रीय अधिवेशनको सभापतित्व गर्नेछ। 
यस्तै गाउँ/नगर/उपमहानगर/महानगर अधिवेशनबाट निर्वाचित अपाङ्गता भएका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधि पनि हुनेछन्। प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ।

काँग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मङ्सिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मङ्सिरका लागि तय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ