arrow

महाधिवेशनमा कांग्रेस

कांग्रेस अधिवेशनः नवलपुरका ४ प्रदेश सभा क्षेत्रमा आज मनोनयन, भोलि निर्वाचन 

logo
सन्जय भटटराई, 
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
congress-14th-general-convention.jpg

कावासोती । नेपाली कांग्रेस नवलपुरका ४ प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत नवलपुरको २ निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘‘ख’ गरी ४ प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।

कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको हाम्राकुरालाई जानकारी दिए । 

‘सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ’, उनले भने । सिग्देलका अनुसार चार वटै प्रदेश सभाका लागि आज मनोनयन र भोलि शनिबार ४ गते मतदान हुने गरि तयारी अगाडि बढाइएको छ ।

यसअघि नवलपुरका ९२ वडा र ८ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । नवलपुरमा  ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् । 

यस्तै नवलपुरमा यही मंसिर ६ र ७ गते क्षेत्रीय अधिवेशन र १० र ११ गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ