arrow

सिन्धुपाल्चोकमा अधिवेशनको नयाँ कार्यतालिका : बाँकी वडा अधिवेशन भोलि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेसले सिन्धुपाल्चोकमा अधिवेशनका लागि नयाँ कार्यतालिका बनाएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिका ३ र जुगल गाउँपालिका ३ मा वडा अधिवेशन नै भएको छैन ।

ती वडामा कांग्रेसले भोलि वडा अधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाएको हो । सिन्धुपाल्चोकको अधिवेशनका लागि कांग्रेसले निर्वाचन अधिकृत पनि नयाँ व्यक्तिलाई तोकेको छ। जसअनुसार यसअघि गोरखामा निर्वाचन अधिकृत रहेका देवबहादुर महतले सिन्धुपाल्चोकमा अधिवेशन गराउने जिम्मा पाएका छन्।

महतका अनुसार सिन्धुपाल्चोकका १२ वटा पालिकामा ६ मंसिरमा पालिका तहको अधिवेशन हुनेछ। यस्तै ८ मंसिरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, १० र ११ मंसिरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन र १३ र १४ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको महतले जानकारी दिएका हुन् ।

उनका अनुसार सोही दिनमा नै सिन्धुपाल्चोकमा महासमिति सदस्य चयन गर्ने प्रक्रिया पनि अघि बढ्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ