arrow

काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ को सभापतिमा ख्यामराज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
congress-14th-general-convention.jpg

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’को सभापतिमा ख्यामराज तिवारी निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत शुक्रवार सम्पन्न प्रदेशसभा अधिवेशनमा तिवारी निर्विरोध निर्वाचित भएका हुन्। नवनिर्वाचित सभापति तिवारी काठमाडौँ महानगरपालिका-२६ का वडाअध्यक्ष समेत हुन् । 

यस्तै, उपसभापतिमा सुमित्रा अणु जोशी, खेमकुमारी खड्का, सचिवमा लीला कार्की र प्रज्वला श्रेष्ठ तथा सहसचिवमा राजुमान डङ्गोल र गोविन्द पौडेल निर्वाचित भएको निर्वाचन अधिकृत सन्तोष पण्डितले जानकारी दिए । 

प्रदेश अधिवेशन प्रतिनिधिमा सुनिल बैद्य, प्रकाश श्रेष्ठ, मोतीबहादुर थापा, रम्बा रजक, महेश कुँवर, पशुपति गुरुङ, माधवराज नेपाल, अन्जना रावल, गीता सिवाकोटी र ललिता कार्की  भएका छन् । 

यस्तै, प्रदेश प्रतिनिधिमै कृष्णबहादुर तामाङ, सुरेन्द्र डङ्गोल, इशा श्रेष्ठ, सुयस पौडेल, दिनेकुमार पाठक, प्रतिभा घिमिरे खरेल, जफर हुनेन र रुपा नेपाली निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पण्डितले बताए। 

काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ अन्तर्गत बागबजार, ठमेल, लैनचौर, सामाखुशी, नयाँ बसपार्क, गोङ्गबुलगायतका क्षेत्र पर्दछन् । उक्त प्रदेशसभामा कांग्रेसका १२३ क्षेत्रीय प्रतिनिधि रहेका छन् । 

प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएसँगै कांग्रेसको आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ गते प्रदेश अधिवेशन र २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन हुने भएको छ । 



नयाँ