arrow

गुरुमुख-मनमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
guru-nanak1.jpg

काठमाडौँ। एक समय गुरु नानकदेव दरवेश फकिर भएको ठाउँमा गएर भने गुरुमुख- मनमुख के हो ? गुरुमुखको लक्षण के हुन्छ र मनमुख के हुन्छ?

गुरुमुखको अर्थ गुरुलाई मुख्य मानेर उनीको आज्ञामा चलनेवाला र मन मुखको अर्थ हो जसले मनलाई मुख्य मानेर चल्नु हो । तर, जब दरवेशले गुरु नानक देवका प्रश्नहरूको उत्तर दिन सकेनन्, उनले भने- बाबाजी, केही दिन पर्खनुस्, म मक्का यात्रामा जाँदै छु। त्यहाँबाट फिर्ता आएर बताउनेछु मनमुख र गुरुमुखका लक्षणहरू के हुन्छन् भनेर । नानक साहेबले भने जाऊ, पानीजहाजमा जानु, तिमि चाँडै पुग्नेछौ ।

दरवेश पानीजहाज लिएर हिँडे। बाटोमा उनले एउटा अत्यन्तै सुन्दर पहाड देखे, तब उनले पहाडमा हिँड्न पाए हुन्थ्यो भन्ने सोचे। तब अचानक पानी पर्न थाल्यो र समुद्रमा आँधीबेहरी आयो। नाविकले जहाजलाई त्यस पर्वतको नजिक लगे र सबैलाई भने,'तल झर्नुस् अब जहाज अगाडि बढ्ने छैन।'

त्यस समयमा दरवेशको मनमा एक बिचार उत्पन्न भयो हे भगवान्! किन यति धेरै पानी परिरहेको छ? यो पहाड निकै हरियाली छ । चारैतिर हरियाली छ। यदि यो वर्षा सुख्खा क्षेत्रमा भयो भने, यो तरकारी पनि हरियाली हुनेछ । हे भगवान् यहाँ यस वर्षाको कुनै आवश्यकता छैन। त्यस कारण, यो वर्षा रोकिनु पर्छ।

दरवेशले भन्दै गर्दा वर्षा रोकियो । वर्षा रोकिएको देखेर दरवेश एकदमै खुसी भए। अब उनको चाहना बढ्यो, उनको चेतना बढ्दै कि यो पहाड हिँडौँ र यो कस्तो छ हेरौँ। जब उनी पहाडमा पुगे तब उनले त्यहाँ धेरै सन्तहरू ध्यानमा बसिरहेको देखे । उनी पनि एक भिक्षुको नजिक ध्यानमा बसे।

आफ्नो भजन-सन्ध्या समाधि सकेर जब तपस्वीहरूले आँखा खोले तब तिनीहरूको लागि आकाशबाट अनेक प्रकारका पकवान आइरहेका थिए । सबै सन्न्यासी सामु पकवान आयो तर दरवेसको अगाडि कुनै पकवान आएन।

तब एक भिक्षु आफ्नो गुरु कहाँ गएर भने - महाराज, आज एक धेरै अनौठो कुरा भइरहेको छ। हामी सबैले प्रभुको पूजा गर्‍यौँ, भजन सकिएपछि खानेकुराहरू हाम्रा अगाडि आए, तर यहाँ जो दरवेश आएको छ उनको लागि त कुनै खाने कुरा आएन। गुरुले भने, "भाइ, तिमीले खाना खाऊ, उनले अवश्य कुनै पाप गरेको हुनुपर्छ, त्यसैले भगवान्ले उनको लागि खानेकुरा पठाउनु भएन"।

केही समय प्रतीक्षा गरिसकेपछि पनि, दारवेशको लागि खाना आएन तब उनी  खानाको खोजीमा निस्किए। जब उनी पहाडबाट ओर्लिए, उनले देख्छन्  पानीमा जहाज डुब्दै छ। त्यसपश्चात् उनी भगवानको प्रार्थनामा लगे र भने जहाज डुबेमा जहाजमा रहेका सबै मानिसहरूको मृत्यु हुनेछ । कति दिनदेखि यी मानिसहरूले आफ्नो घर, उनकी पत्नीहरू र छोरा छाडेर निस्किएका छन् । यदि यो जहाज डुब्यो भने, तब धेरै घरहरू बरबाद हुनेछन्। उनी परमेश्वरलाई बिन्ती गर्छन्  हे प्रभु! तपाईँ तिनीहरूलाई बचाउनुहोस् र नभन्दै जहाज वास्तवमा किनार लाग्छ र सबै मानिसहरू बाच्छन् ।

साँझ जब दरवेश फेरि तपस्वीहरूको समूहमा पुग्छन् , तब उनले देखे सबैका लागि खाना आउँदै छ, तर अझै उनीको लागि खाना उपलब्ध छैन। तब ती तपस्वीहरू जो गुरु थिए, उनले दरवेशलाई बोलाएर सोधे के तिमिले कहिल्यै जीवनमा भोजनको अभाव भोगेका छौ ? दरवेशले भने आज मात्र देखेको छु, आज दुई पटक खाना पाइन् । गुरु महाराजले भन्न थाले - हामीलाई पनि त्यस्तै चिन्ता थियो। तिमि बिहान पनि आयौ , साँझ पनि आयौ , तिमिलाई दुवै पटक खाना मिलेन,  तिमिले अवश्य पाप गरेको हुनुपर्छ । दरवेशले भने महाराज मैले कुनै पाप गरेको छैन ।

गरुले भने- ठिक छ मलाई भन  तिमीले  ईश्वरको इच्छाको विपरीत केही गर्‍यौ ? दरवेशले भने - हो, मैले ईश्वरको इच्छा विरुद्ध केही गरेको छु। जब बिहान पानी पर्न थाल्यो, मैले भने हे भगवान् यहाँ वरिपरिको हरियाली छ, तपाईँ यहाँ पानी किन वर्षा गर्दै हुनुहुन्छ, यसलाई बन्द गर्नुहोस् र साँझमा एउटा जहाज डुब्दै थियो, त्यसैले मैले परमेश्वरलाई डुब्नबाट बचाउन भने। 

गुरुले भने कि तिम्रोले यी नै दुई पापहरू गर्‍यौ किनकि तिमिलेले परमेश्वरको इच्छालाई रोक्यौ । हामी सबै जो परमेश्वरको इच्छामा बाँचिरहेका छौँ, हाम्रो लागि खाना आयो र तिमि जो परमेश्वरको इच्छाको विरुद्ध काम गर्‍यौ , त्यस कारण तिम्रो लागि भोजन आएन।

तब दरवेशले आफूले के गल्ती गरेको कुरा बुझे। त्यसपछि उनले गुरुलाई सोधे - महाराज, बाबा नानकले मलाई प्रश्न गरिरहनु भएको छ गुरुमुखको लक्षण के हो र मन मुखको लक्षण के हो? तब गुरु महाराजले उनलाई सम्झाए हेर, यो जुन वर्षा भइरहेको थियो, कसैलाई थाहा छैन कि यसबाट कसले फाइदा लिन सक्छ, तर तिमिले त्यो हुन दिएनौ । तिमिले डुब्न लागेको जहाजलाई बचाउनको लागि प्रार्थना नगरेको भए सायद त्यसमा बसिरहेका मानिसहरूले भगवानलाई बोलाउने थिए र जब जहाज बच्थ्यो तब कति जना नास्तिकहरू त्यति बेला आस्तिक बन्ने थिए । उनीहरूको अविश्वास विश्वासमामा परिणत हुने थियो ।  किनभने सङ्कटको अवस्थामा ठुलो नास्तिकहरू पनि आस्तिक बन्छन् । त्यहाँबाट कति धेरै फाइदा हुने थियो तर तिमिले त्यो फाइदा परिवर्तन हुन दिएनौ । त्यसलाई रोक्यौ र यस प्रकार तिमि पापको भागीदार बन्यौ ।

तर एक जो गुरुमुख हो। एक जो भगवानको साँचो भक्त छ उनले परमेश्वरको राज्यलाई सर्वोपरि मान्दछन् र यही कारण हाम्रा सन्तहरूले त्यस महात्माको नक्सामा कुनै हेरफेर गरेनन् उहाँको इच्छा विपरीत कुनै काम गरेनन् उनीहरूले सधैँ त्यस परम सत्ताको इच्छालाई त्यस ईश्वरको इच्छालाई सहर्ष स्वीकार गरे ।

(गुरु नानक जन्म जयन्ती विशेष)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ