arrow

बलबहादुर केसीले कांग्रेसको केन्द्रीय उपसभापतिमा उम्मेदवारी दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
bal-badhur-kc.jpg

सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बल बहादुर केसीले पार्टीको केन्द्रीय कार्यसमितिको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता केसीले बिहीवार संचारकर्मीहरुसँग कुरा गर्दै पार्टीको आसन्न १४ औं महाधिवेशनमा आफुले उपसभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

वर्तमान पार्टी सभापति  शेर बहादुर देउवा र रामचन्द्र पौडेल पछिको पुरानो नेता आफु भएकाले उपसभापति पदमा दाबी गर्नु जायज भएको उनको भनाइ छ । पार्टीमा आफुले ५१ बर्ष भन्दा बढी समयदेखि योगदान गरिरहेको स्मरण गराउँदै आफु उपसभापति पदमा विजयी भए पार्टीलाई एक ढिक्का बनाउने दाबी गरे ।

नेता केसीले भने,‘कांग्रेसलाई मुहानदेखी नै शुद्धीकरण हुनु आवश्यक छ, पार्टीमा अहिले देखिएको आन्तरिक कलहमा तल्लो तहको दोष छैन, हाम्रो केन्द्रीय नेताहरु नसुध्रिनुको परिणाम हो यो । यसलाई समाप्त गर्न पनि म केन्द्रीय उपसभापति पदको उम्मेद्वारी जिल्ला अधिवेशनको यो पबित्र दिनमा पहिलो पटक घोषणा गर्दै छु ।’

कांग्रेस एक ढिक्का भए मात्र देश बिकास र नेपालीले सुख पाउने भएकाले कम्युनिस्टहरुले कंगाल बनाएको देशलाई माथी उकास्न पनि काङ्ग्रेसको एकता र जित आवश्यक रहेको नेता केसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ