- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया शुरु भएको छ।
जिल्ला निर्वाचन सहायक अधिकृत गणेश भुजेलका अनुसार मोरङका ६ क्षेत्र अन्तर्गत १२ स्थानको मनोनयन प्रक्रियाबारे विवरण आउने क्रम जारी रहेको छ। यद्यपि विराटनगर महानगरपालिका क्षेत्रमा पर्ने क्षेत्र नम्बर ६ को ‘ख’ मा ३ जनाको निर्विरोधसहित ५४ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए।
भुजेलले सो निर्वाचन क्षेत्रमा आदिबासी जनजातितर्फ पन्नालाल राजवंशी, मधेशीतर्फ १८ वर्षीया रक्षा यादव र दलिततर्फ मिरा पासवान निर्विरोध भएको जानकारी दिए। त्यसैगरि, मोरङ क्षेत्र नम्बर ४ को ‘क’ मा हालसम्म ७० जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए। यसबीच उम्मेद्वारी फिर्ता लिएकाहरुको विवरण संकलन कार्य भइरहेको उनले बताए।
उम्मेद्वारी दर्ता पूर्व विराटनगर १ कि निर्मला कोइरालाले मनोनयन दर्ता नगराएको जानकरी दिइन्। स्थानीय जनता विद्यालयकी शिक्षिका समेत रहेकी कोइरालाले स्वास्थ्य अवस्थाका कारण आफू पछि हटेको बताइन । शिक्षण पेशामा आवद्ध रहँदा राजनीति र पेशा दुवैलाई पूर्ण समय दिन कहिलेकांही समस्या भएको बताइन ।
अर्कोतर्फ, पेशागततर्फ शिक्षण पेशामा आवद्धले उम्मेदवारी दिन नमिल्ने निर्वाचन अधिकृतको भनाई छ। यसअघि, कांग्रेसको स्थानीय अधिवेशनमा विराटनगर महानगरपालिका ११ मा शिक्षकले उम्मे्दवारी दिंदा विवाद भएको थियो।
शिक्षण पेशामा आवद्धले उम्मेदवारी दिंदा भएको विवाद हाल विराटनगरस्थित उच्च अदालतमा मुद्दा चलिरहेको छ। सो वडामा वडा सभापतिका लागि शिक्षक रामसुन्दर राजवंशीले उम्मेदवारी दिंदा समस्या भएको थियो।
राजवंशीको उम्मेदवारीसंगै उनका प्रतिस्पर्धी सञ्जय नेपालले उम्मेदवारी फिर्ताको माग गरेका थिए। शिक्षक राजवंशीले उम्मेदवारी फिर्ता नलिंदा निर्वाचन कार्य एकदिन स्थगित भएको थियो।
मोरङ ६ वटै निर्वाचनमा गरि कुल ३ हजार ५ सय ५१ प्रतिनीधि रहेका छन्। जस अन्तर्गत क्षेत्र नम्बर १ मा कुल ६ सय ५९ मत रहेको छ। जसमा ‘क’ तर्फ २ सय ८३ र ख मा ३ सय ७६ प्रतिनीधि रहेका छन्। त्यसैगरि, क्षेत्र नम्बर २ को ‘क’ मा २ सय ९८ र ‘ख’ मा ३ सय ८४ गरि कुल ६ सय ८२ प्रतिनीधि रहेका छन्।
क्षेत्र नम्बर ३ मा २ सय ९८ जना ‘क’ र २ सय ६० ‘ख’तर्फ गरि कुल ५ सय ८२ प्रतिनीधि रहेको जिल्ला निर्वाचन समितिले जनाएको छ। त्यसैगरि, क्षेत्र नम्बर ४ मा ‘क’ तर्फ ३ सय ५२ र ‘ख’तर्फ ३ सय ३८ गरि कुल ६ सय ९० प्रतिनीधि रहेका छन्।
समितिका अनुसार मोरङ सर्वाधिक प्रतिनीधि यसै क्षेत्रमा रहेका छन्। क्षेत्र नम्बर ५ को ‘क’ मा २ सय ४६ र ‘ख’ मा १ सय ९७ गरि कुल प्रतिनीधि ४ सय ४३ रहेको समितिले जनाएको छ। जुन अन्य क्षेत्र भन्दा कम हो।
समितिका अनुसार मोरङ्गको क्षेत्र नम्बर ६ मा कुल ५ सय ५८ प्रतिनीधि रहेकाछन्। सो क्षेत्रको ‘क’तर्फ ३ सय ४ र ‘ख’तर्फ २ सय ५४ जना रहेको निर्वाचन समितिले जनाएको छ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आपू मध्येबाट कम्तीमा ३ महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिबासी, जनजाति, खसआर्य, मधेशी, थारु, मुबिलम, पिछडिएको क्षेत्रबाट ६ जना, प्रदेश सभा क्षेत्रको जनसंख्या अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा गरि कुल १६ जना प्रतिनीधि निर्वाचित गर्नेछ।