arrow

महाधिवेशनको रौनक

कांग्रेस उपसभापतिमा महेश र बलबहादुरको उम्मेदवारी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
mahesh-acharya-bal-bahadur-.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । उक्त क्रममा उपसभापतिका लागि पनि उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । 

अहिलेसम्म दुई नेताले मात्र उपसभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमार्फत उपसभापति चुनिन वर्तमान केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसीले पनि उपसभापतिमा लड्ने घोषणा गरेका छन् । 

अध्ययनशील स्वभावका पूर्वअर्थमन्त्री, पूर्व वनमन्त्री रहेका आचार्यले आफूलाई केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा रहेर काम गर्न इच्छा रहेको बताउँदै उपसभापतिमा लड्ने घोषणा गरेका हुन् । 

उक्त प्रतिष्ठान उपसभापतिको नेतृत्वमा रहँदै आएको छ । 

केसीको उपसभापतिमा दावेदारी दिनुको पछाडि भने ‘वरिष्ठता’ को राजनीति पनि हो । उनले वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछिको पुरानो नेता आफू भएकाले उपसभापतिमा दाबी गरेको तर्क गरेका छन् । 

पार्टीमा पाँच दशक बढी समय सक्रिय भएर काम गरेको प्रसङ्ग सुनाउँदै केसीले आफू उपसभापतिको हकदार रहेकोसमेत बताएका छन् । 

उनको इच्छा पार्टीलाई गुट उपगुट मुक्त गर्नु हो । उनी आफू उपसभापति पदमा विजयी भए पार्टीलाई एक ढिक्का बनाउने दाबी गर्छन् । 

उम्मेदवारी घोषणा गर्ने समय बाँकी नै रहेकाले उपसभापतिका आकांक्षी बढ्ने अनुमान गरिएको छ । कांग्रेसमा उपसभापति पद सभापति र महामन्त्रीजस्तो ‘चार्मिङ’ नभइ ‘कम्फर्टेबल’ पदका रुपमा लिइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ