arrow

नेपाली कांग्रेस कास्की ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
puspendra panday.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन्। उनले प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा ३३२ मत खसेको थियो। जसमा पाण्डेले १६६ र पौडेलले १५६ मत प्राप्त गरे। 

यसैगरी पार्टीको दुई उपसभापतिमा मोतीलाल तिमिल्सिना र दिलिप गिरी विजयी भएका छन्। तिमिल्सिनाले १९२ र गिरीले १५३ मत प्राप्त गरे। उपसभापतिमै प्रतिस्पर्धा गरेका धनबहादुर थापाले १३८ र रामबहादुर जिसीले ८४ मत प्राप्त गरे।

यस्तै, सचिवमा गंगाबहादुर गुरुङ १६८ र प्रकाशचन्द्र सापकोटाले १५८ मत प्राप्त गरी विजयी भए भने विनोद केसीले ९६ र सरोज कुमार गुरुङले ११० मत प्राप्त गरे। यसैगरी सहसचिव पदमा अनिल गुरुङले १७० र विष्णुप्रसाद अधिकारीले १६५ मत प्राप्त गरी विजयी भए। अन्य प्रतिस्पर्धी तिलकबहादुर खड्काले ९१ र मिनराज तिमिल्सिनाले ११९ मत प्राप्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ