arrow

झापा प्रदेश अधिवेशन क्षेत्र ५ क सभापतिमा राई विजयी, यस्तो छ अन्य नतिजा  

logo
युवराज रेग्मी,  
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
congress-jhapa-jeewan-kumar.jpg

गौरादह । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ क को सभापतिमा जीवनकुमार राई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी ज्ञानेन्द्र खत्रीलाई ५३ मत अन्तरले पराजित गर्दै जित निकालेका हुन् । 

कुल ३६३ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ५ क मा ३६१ मतदाताले मतदान गरेका थिए । कुल ३६१ मत खस्दा राईले २०४  मत प्राप्त गर्न सफल भए । उनका प्रतिस्पर्धी खत्रीले १५१ मतमात्र प्राप्त गरे ।

त्यसैगरी उपसभापतिमा २१७ मत ल्याएर आत्माराम राजबंशी र १४८ मत ल्याएर पदम कुमार ढुंगाना विजयी भएका छन् । सचिव पदमा २०९ मत ल्याएर हेमचन्द्र घिमिरे (राजु) र २०८ मत ल्याएर भिम अधिकारी विजयी भएका छन् । 

सहसचिवमा २४६ मत ल्याएर ईन्दिरादेवी विष्ट र १९१ मत ल्याएर रामबहादुर ढुंगाना विजयी भएका छन् । त्यसैगरी प्रदेश अधिवेशन प्रतिनिधि खुल्लातर्फ २४१ मत ल्याएर प्रकाश कार्की, २२३ मत ल्याएर सन्जिब कार्की, २०१ मत ल्याएर किशोरकुमार पौडेल, १९३ मत ल्याएर खड्गप्रसाद पराजुली, १९१ मत ल्याएर पुन्य सिग्देल, १७७ मत ल्याएर कुमार कार्की र १७३ मत ल्याएर सूर्यभक्त सिटौला विजयी भएका छन् । 

यसैगरी खुल्ला महिलातर्फ २४० मत ल्याएर गीता ढकाल, १८९ मत ल्याएर दिपा भण्डारी गौतम र १९३ मत ल्याएर दिक्षा कोइराला घिमिरे विजयी भएका छन् । आदिवासी जनजातितर्फ २०९ मत ल्याएर वीर सिंह राजवंशी, खस आर्य महिलातर्फ २३२ मत ल्याएर लक्षिमादेवी चिमरिया तथा अल्पसंख्यक अपाङ्गतातर्फ रंजित चक्रवर्ती (भोला) विजयी भएका छन् ।
 



नयाँ