arrow

नेपाली कांग्रेस कास्की १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी

logo
हरी पन्त,
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
Durga subedi.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। विजयी पाण्डेले २२६ र कोइरालाले २०९ मत प्राप्त गरे।

यसैगरी पार्टीको दुई उपसभापतिमा सुदेव गुरुङ (माइला दाई) र निर्मल ढुंगाना विजयी भएका छन्। गुरुङले २२६ र गिरीले २०९ मत प्राप्त गरे। उपभिापतिमै प्रतिस्पर्धा गरेका दीपक कुमार आलेले २०१ र लक्ष्मीदेवी पौडेलले १३५ मत प्राप्त गरे।

यस्तै, सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी विजयी भएका छन्। शिवले २८२ र ध्रुवले २७७ मत प्राप्त गरे भने प्रतिस्पर्धी केशव भट्टराईले २०२ मत प्राप्त गरे। यसैगरी सहसचिव पदमा सुवास भण्डारी २५१, विष्णु गुरुङ २१९ मतका साथ विजयी भए। सहसचिवमा प्रतिस्पर्धा गरेका ईश्वरराज भण्डारीले १६३ र शान्ति मगरातीले १३९ मत प्राप्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ