arrow

नेपाली कांग्रेस कास्की २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ३ शुक्रबार
deepindra marsani.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ (ख) को सभापतिमा दीपेन्द्र मर्सानी विजयी भएका छन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार भएको मतदानमा मर्सानीले प्रतिस्पर्धी सुवास सिग्देललाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।

मर्सानीले १४२ मत प्राप्त गरेर विजयी हुँदा सिग्देलले १२० मत प्राप्त गरे। यस्तै, पार्टीको उपसभापतिमा सरिता पराजुली १५१, होमबहादुर बानियाँ १५० मतका साथ विजयी भए भने प्रतिस्पर्धी बोधराज घिमिरेले १४१ मत प्राप्त गरे ।

सचिव पदमा सुवर्ण केसी र शिरषकुमार बाँस्तोला विजयी भए । केसीले १४४ र बाँस्तोलाले १३३ मत प्राप्त गरे ।

सचिवमा प्रतिस्पर्धा गरेका श्रीकृष्ण आचार्यले १०४ र जंगबहादुर हमाल ठकुरीले ९८ मत प्राप्त गरे । 

यसैगरी सहसचिवमा निलम बाटाजू कर्माचार्य र सुरेश खवास निर्विरोध निर्वाचित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ