arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौं ४ ‘ख’ मा लुइटेलको प्यानल नै सर्वसम्मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-kathmandu-4kha-lui.JPG

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ को अधिवेशनबाट रामप्रसाद लुइटेल नेतृत्वमा आएका छन् । शुक्रबार भएको अधिवेशनले लुइटेलको प्यानल नै विजयी भएको हो । 

अधिवेशनले लुइटेलको प्यानल सर्वसम्मत चयन भएको हो । कुनै पनि पदमा कसैको पनि दाबी नपरेपछि निर्वाचन समितिले लुइटेलको टिमलाई सर्वसम्मत निर्वाचित गरेको हो । 

जसअनुसार उपसभापतिद्धयमा श्यामकृष्ण श्रेष्ठ र दिलीप खत्री निर्वाचित भए । सचिवद्धयमा मनोज सिग्देल र अम्बिका राना निर्वाचित भए । 

त्यस्तै सहसचिवद्धयमा मदनदास श्रेष्ठ र प्रमोद अधिकारी निर्वाचित भएका छन् । 

त्यसैगरी बागमती प्रदेश प्रतिनिधि पनि सबैजना सर्वसम्मत भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ