arrow
ADVERTISEMENT

कांग्रेस काठमाडौं २ मा खड्का र अधिकारीलाई नेतृत्व  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-14th-general-convention1111111.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंका निर्वाचन क्षेत्रहरुमा अधिवेशन सम्पन्न भएको छ । नेतृत्वसमेत चयन भएको छ । 

जसअनुसार काठमाडौं क्षेत्र नं २ को प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन् । उनले १८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी सिताराम आचार्यले १७६ मत प्राप्त गरे । 

त्यसैगरी उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ, सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भएका छन् । 

त्यसैगरी क्षेत्र नं २ प्रदेश क को सभापतिमा ध्रुब अधिकारी पेन्टल विजयी भएका छन् । उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा, उप सचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ