arrow

इलाम प्रदेश सभा २(क)को सभापतिमा गोपाल चौहान निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
gopal chauhan.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न इलाम कांग्रेसको मत परिणाम आउनेक्रम शुरु भएको छ ।

इलाम प्रदेश सभा २ (क) को सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । उनले २२९ मत ल्याए  शनिबार बिहान सम्पन्न मत परिणाम अनुसार उनका निकटतम प्रतिस्पर्धी  वडाध्यक्ष समेत रहेका राजेन्द्र बाँस्तोलाले १६० प्राप्त गरे ।

इलाम नगरपालिका–१ को नेपालटारमा भएको मतदानमा अध्यक्ष पदका चारजना प्रतिस्पर्धीमध्ये श्यामकुमार श्रेष्ठले ९८ र माधव बस्नेतले ८० मत प्राप्त गरे ।

त्यस्तै उपसभापतिमा विष्णु सुब्बा र मनकुमार गुरुङ बिजयी भए । उनीहरुले क्रमश २४४ र २३५ मत प्राप्त गरे । उनीहरुका प्रतिस्पर्धी कमलमणी खनालले १३१, सुतिता श्रेष्ठ कर्माचार्यले १२४, शिवराज घिमिरेले १११ र शोभावती खत्री कार्कीले १०३ मत प्राप्त गरेका छन् ।

त्यस्तै सचिवमा श्री बिष्ठ र दिपेश खत्री बिजयी भए । उनीहरुले क्रमश २६७ र २२४ मत प्राप्त गरेका छन् । उनीहरुका प्रतिस्पर्धी गजेन सुब्बाले १४५, बिनोद न्यौपानेले १३१, मोहन पराजुली ११४ र सन्तोष राईले ८० मत प्राप्त गरेका छन् ।

सह सचिव पदमा राजेन्द्र पौडेल (रिकि) र सूर्यबहादुर कार्की विजयी भएका छन् । उनीहरुले समेत क्रमशः २७० र २५६ मत प्राप्त गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ