arrow

ललितपुर कांग्रेसको प्रदेश सभा क्षेत्रीय अधिवेशन: सभापतिमा को-को भए विजयी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
congress-14th-general-convention1111111.jpg

ललितपुर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुरको प्रदेश सभा क्षेत्रीय अधिवेशनको अन्तिम मत परिणाम आएको छ ।

ललितपुरका ६ वटा प्रदेश कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनको मत गणना राति अबेरसम्म सकेर परिणाम सार्वजनिक गरिएको हो ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश सभा (१) को सभापतिमा मिलन सिलवाल निर्वाचित भएका छन् । उनले तीर्थ घलानलाई पराजित गरे ।

सिलवालले २ सय मत प्राप्त गरे भने घलानले ८३ मत मात्र पाए । ललितपुरकै प्रदेश सभा (२)मा ज्ञानबहादुर लो सभापतिमा निर्वाचित भए । लोले २०१ मत ल्याए भने उनका प्रतिस्पर्धी कृष्ण चन्द्र महर्जनलाई भने ११० मत प्राप्त गरे ।

यस्तै क्षेत्र नम्बर–२ को प्रदेश सभा (१) को प्रदेश कार्यसमिति सभापतिमा दिवाकर नेपालले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै निर्वाचित भए । नेपालले ८५ मत लाए भने जयकिशन बोगटीले २८ मत र सञ्जय अर्यालले ६३ मत प्राप्त गरे । प्रदेश सभा (२)को सभापतिमा चन्द्रमान बज्राचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तैगरी निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा क्षेत्र (१) का सभापतिमा वीरेन्द्र महर्जन विजयी भए । महर्जनले ११५ मत लाए भने प्रतिस्पर्धी गोविन्द घिमिरेले १०७ मत प्राप्त गरे । प्रदेशसभा निर्वाचन क्षेत्र (२) को सभापतिमा सुरेन्द्र डंगोल विजयी भए । डंगोलले १०२ मत ल्याए भने निरन खड्काले ७० मत पाए ।

केन्द्रीय नेताहरुको प्रत्यक्ष सम्पर्क र छत्रछाँयामा रहेका ललितपुर कांग्रेस नेतृत्वका आकांक्षीहरुले माथिदेखि तल्लोस्तरसम्म मिलाउन दौडधुप गर्ने गरेका छन् । पूर्व अर्थराज्यमन्त्री एवं तरुण दलका पूर्व अध्यक्ष उदयशमसेर राणा र नेपाल तरुण दलका वहालवाला केन्द्रीय अध्यक्ष जितजंग बस्नेत  ललितपुरबाटै उदाएका नेताहरु हुन् ।

अब क्षेत्रीय सभापतिमा दर्जन बढीले आकांक्षा देखाएका छन् । क्षेत्र नम्बर १ मा क्षेत्रीय उपसभापति रामकृष्ण लामा, सचिव सुन्दर मान थिङ र जिल्ला सदस्य प्रभाकर पोखरेलले इच्छा देखाएका छन् ।

क्षेत्र नं २ मा सभापतिमा वर्तमान सभापति महेश खड्का, महेन्द्र देव सिंहलगायतले आकांक्षा देखाएका छन् । क्षेत्र नं ३ मा सभापतिका लागि नेविसंघ पूर्वजिल्ला सभापति, पूर्वकेन्द्रीय सदस्य तथा पूर्वकेन्द्रीय कार्यवाहक सभापति सानुबाबु महर्जन, विश्व तुलाधर, ज्योति थापा, महेश्वर थापा, जितेन्द्र महर्जनलगायतको नाम चर्चामा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ