arrow

नेपाली काँग्रेस कास्की ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शङ्कर) विजयी

logo
हरी पन्त,
प्रकाशित २०७८ मंसिर ४ शनिबार
Jibnath poudel shankar.jpg

पोखरा। नेपाली काँग्रेस कास्की क्षेत्र नं. ३ (ख) को सभापतिमा जीवनाथ पौडेल (शङ्कर) विजयी भएका छन्। पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शुक्रवार भएको मतदानमा उनले प्रतिस्पर्धी दीपकवीर कुँवरलाई भारी मतान्तरले पराजित गरेका हुन्। कूल ४०२ मतमध्ये पौडेलले २२७ र कुँवरले १२४ मत प्राप्त गरे।

पार्टीको दुई उपसभापतिमा पार्वतीदेवी कोइराला र पदमबहादुर गुरुङ विजयी भएका छन्। कोइरालाले १९०, गुरुङले १८८ र प्रतिस्पर्धी विकास गुरुङले १६५ र विनोद खड्काले १०० मत प्राप्त गरे। 

यसै गरी सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी विजयी भएका छन्। बरालले १७४, भण्डारीले १७० र प्रतिस्पर्धी शुक्रराज पौडेलले १५४ र उपेन्द्रराज पराजुलीले ९८ मत प्राप्त गरे।

यस्तै, सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी विजयी भए। गुरुङले २६४, सुवेदीले २०० प्राप्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ