- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सोलुखुम्बु। नेपाली कांग्रेसको यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
खुलाबाट १० जना, प्रत्यक्ष महिलाबाट ४ जना, खस आर्यबाट १ जना, आदिवासी जनजाति खुलाबाट ४ जना, खस आर्य महिलाबाट १ जना, आदिवासी जनजाति महिलातर्फ ३ जना, दलिततर्फ १ जना, मधेशी–अल्पसंख्यकबाट १ जना महाधिवेशन प्रतिनिधि छानिएका हुन्।
२५ जनामध्ये चार जना संस्थापनबाट र २१ जना इतर पक्षबाट महाधिवेशन प्रतिनिधि चुनिएर आएका हुन् । खुलातर्फ आङगेलु शेर्पा, आङछिरिङ शेर्पा, कुशराज राई, खिलराज बस्नेत, नवीन थापा, प्रकाश सी कार्की, भोजराज कार्की, मंगल सी तामाङ, नातिकाजी गुरूङ, मनोज खड्का चुनिएका छन्।
प्रत्यक्ष महिलाबाट ४ जनामा एकाकुमारी बस्नेत, छिन्डि ल्हमु शेर्पा, रिना उप्रेती, गीता गुरूङ चुनिएका छन् । खस आर्यबाट प्रभुराम बस्नेत, आदिवासी जनजाति खुलाबाट ४ जनामा आङकाजी शेर्पा, जीवन गुरूङ, महेन्द्रदिप राई र ढलबहादुर मगर चुनिएका छन् ।
खस आर्य महिलाबाट टंकिमाया र पूजा फुयाल रहेका छन् । आदिवासी जनजाति महिलातर्फ विमला गुरूङ, फुर्किमा शेर्पा, गान्धिमाया तामाङ रहेका छन् । त्यस्तै दलिततर्फ धर्मबहादुर नेपाली, मधेशी र अल्पसंख्यकतर्फ अशोककुमार झा रहेका छन् ।