arrow

कास्कीमा कांग्रेसका तीन महिला नेतृ उपसभापति

logo
हरि पन्त, 
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Parbati, Sarita, Nirmala.jpg

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन जारी छ । जसअन्तर्गत कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा पार्टीको निर्वाचन सकिएको छ । 

कास्कीका ६ वटै निर्वाचन क्षेत्रको नेतृत्वमा पुरुष पुगेका छन् । यस्तै यी ६ क्षेत्रमा १२ वटा उपसभापतिको पद सृजना गरिएको छ । 

१२ मध्ये तीन वटा क्षेत्रको उपसभापतिमा मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । कास्की-३ (ख) को उपसभापतिमा पार्वतीदेवी कोइराला, कास्की-२ (ख) मा सरिता पराजुली र कास्की-१ (क) मा निर्मला ढुंगाना निर्वाचित भएका छन् ।

उनीहरु तीन नेतृ चुनावी प्रतिस्पर्धाबाटै उपसभापति निर्वाचित भएका हुन् । कोइरालाले १९०, पराजुलीले १५१ र ढुंगानाले २०९ मत प्राप्त गरेका थिए । 

अधिकारी यसअघि नेपाली कांग्रेस, पोखरा-५ को पार्टी सचिव भएर काम गरेकी थिइन् । यस्तै पराजुली हाल पोखरा-४ की जनप्रतिनिधि हुन् भने ढुंगाना पार्टीको विभिन्न कार्यमा सक्रिय भएर लागेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ