arrow

राजेन्द्र बजगाँई ‘आपतकालका साथी’: करेन्ट लागेर ढलेका लाटा गुरुङको यसरी भयो उद्धार 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
rajendra-bajgai-grokha.jpg

काठमाडौं । पर्यटन क्षेत्रलाई मुख्य पेशा बनाएर समाजसेवा र राजनीतिमा सक्रिय राजेन्द्र बजगाँईको अर्को पृथक परिचय पनि छ । गोरखाको भीमसेन गाउँपालिकाको मसेलमा जन्मिएर कालान्तरमा व्यवसायमा सफल भएका उनको परिचय ‘आपतकालका साथी’का रुपमा दरिंदै गएको छ ।

विरामी परेर अचेत भएका, दुर्घट्नामा परेर बेहोस भएका, सुत्केरी व्यथामा चिच्याइरहेका साथै आर्थिक अभावले छटपटाइरहेका नागरिकहरुका लागि उनी एक असल साथी बन्ने गरेका छन् ।

शनिबार यस्तै एउटा घट्नाको उनी साक्षी बने । साक्षी मात्र होइन असल सारथी नै बने । गोरखाको आरुघाट गाउँपालिका–१ का ४० बर्षीय लाटा गुरुङ घर नजिकै घाँस काट्न रुखमा चढेका बेला अव्यवस्थित रुपमा टाँगिएको तारबाट करेन्ट लागेर ढले । लाटा ढलेको कुरा बजगाँइलाई गाउँबाटै कसैले फोन गरेर थाहा पाए ।

‘आपतकालमा सहयोग गर्ने मेरो पुरानै सौख हो । सौख मात्र नभनौं मेरो मनदेखिकै इच्छा हो र धार्मिक कर्म पनि हो । मैंले तुरुन्त हेलिकोप्टर पठाएर उद्धारमा सहयोग गरेको हुँ । यसमा मेरो समन्वयमा मात्र हो,’ उनले भने ।

पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेका बजगाँईको समन्वयमा हेलिकप्टरबाट उद्धार गरेर गुरुङलाई तुरुन्त त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि व्यवस्था मिलाइएको छ । रिचेत हाईड्रोपावरबाट निकालीको बिजुलीको तार राम्रोसँग व्यवस्थित नभएको र होचो गरी टाँगिएकाले रुख चढेका गुरुङलाई झट्का लाग्दा गम्भीर घाइते भएको बजगाँईले जानकारी दिए । गुरुङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । उपचारलगायतको खर्च ब्यवस्थापनका लागि बजगाँईलगायत गाउँलेहरुले समन्वय गरिरहेका छन् ।

उनले यसअघि पनि दर्जनौं घट्नामा आपतकालिन सहयोग गर्दै आइरहेको सुनाए । ‘पहुँच नभएका, आर्थिक अभाव भएका विरामीहरुलाई आपतकालिन रुपमा हेलिकोप्टर उडाएर सहयोग गरिरहेको छु । कतिपय अवस्थमा समन्वय मात्र गर्छु । कतिपय अवस्था आर्थिक व्यवस्थापनमा पनि सहयोग गर्छु,’ उनले हाम्राकुरासँग भने ।

केही महिना अघि धार्चे गाउँपालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना हुँदा बजगाँई भारतको मुम्बइमा थिए । ‘त्यसबेला पनि मैंले तुरुन्त आर्मीको हेलिकोप्टर उतैबाट यता फोन गरें र सात जनाको उद्धारमा समन्वय गरें, यस्ता घट्ना धेरैमा सहयोग गर्दै आइरहेको छु’उनले भने ।

गोरखा क्षेत्र नं १ बाट नेपाली कांग्रेसमा लगातार तीन पटक महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्य निर्वाचित भइसकेका उनले एक सुत्केरी महिलाको उद्धार गरेको घट्ना पनि निकै मार्मिक र मनकारी छ ।

‘गोरखाकै एक जना आर्मी सिपाहीकी श्रीमती पोष्ट डेलिभरी भएर अचेत भइछन् । उनको ज्यान जोखिममा परेपछि आफन्त र गाउँलेहरु सबै अतालिएछन् । त्यसबेला मैंले आर्मीसँगै समन्वय गरेको हुँ । किनभने आर्मीका हाकिमहरुको कोही विरामी परे भने तुरुन्त उद्धार हुने एउटा सामान्य सिपाहीको आर्मीकै हेलिकोप्टर गएर उद्धार गर्न नहुने ? भनेर मैंले प्रश्न उठाएपछि तुरुन्त उद्धार गर्न समन्वय गरेको हुँ’,उनले विगतको घट्ना सुनाउँदै भने ।

२०४६ सालको आन्दोलनमा विद्यार्थीको अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व समेत गरेका बजगाँई पर्यटन, होटल क्षेत्रका सफल ब्यवसायी समेत हुन । ‘हालसम्म प्राप्त भएको नेटवर्क प्रयोग गरेर आपत विपत र सारोगारोमा सहयोग तथा समन्वय गर्न सक्दा कसैको ज्यान बाँच्छ भने धर्म नै यही हो जस्तो लाग्छ । मैंले त मेरो नेटवर्क प्रयोग गर समन्वय गर्ने न हो,’ उनी भन्छन्,‘मेरो बुताले भ्याएको सहयोग गर्न म सँधै तयार छु । समन्वय गर्न तत्पर छु ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ