arrow
ADVERTISEMENT

कलाकार करुणा पाण्डेले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
karunaa-final.jpg

काठमाडौं । कलाकारिता, समाजसेवा र राजनीतिमा सक्रिय करुणा पाण्डेले नुवाकोटबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएकी छन् ।

नुवाकोट खरानीटारस्थित तादी गाउँपालिका–३ नम्बर वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतले चयन भएकी उनी यतिबेला महाधिवेशन प्रतिनिधिका लागि तयारी गरिरहेको जानकारी दिइन ।

नेविसंघमा सक्रिय राजनीति गर्दै कांग्रेसमा आएकी उनी १४औं महाधिवेशनमा जिम्मामा सबैभन्दा कम उमेरकी प्रतिनिधिका रुपमा आफूलाई निर्वाचित गराउन माग गरेकी छन् ।

काठमाडौंको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघको इकाइ सहसचिब भएर काम गरेकी उनले गाउँमा पटक पटक राहत वितरणका कामहरु गरेर तारिफ कमाइरहेकी छन् ।

‘मेरो पारिवारीक पृष्ठभूमि कांग्रेस हो । रुखलाई भोट हाल्न थालेको दशकौं वित्यो । मैंले कांग्रेसको इतिहास बुझेको छु र अब कांग्रेसमा युवालाई अवसर दिनुपर्छ भन्ने लाग्छ’, उनले भनिन्, ‘तर हाम्रो राजनीतिमा कपाल फुलेका पाका र पैसावालले मात्र अवसर पाउनुपर्छ भन्ने छ । यस्तो परिपाटी युवाहरुले नै अन्त्य गर्नुपर्छ,’उनले भनिन्,‘ ‘म कलाकारितासँगै समाजसेवा पनि गरिरहेकाले अब कांग्रेससँग जोडिन चाहेको हुँ । मेरो पेशा र व्यवसायले पार्टीलाई पनि फाइदा पुगोस भन्ने लक्ष्य हो । किनकी राजनीति भनेको पनि समाजसेवा हो । मेरो लक्ष्य अब महाधिवेशन प्रतिनिधि विजयी भएर कांग्रेसको सक्रिय राजनीतिमा स्थापित हुने दृढ इच्छा छ ।’

विभिन्न फेसन सो तथा मोडलिङ गरिसकेकी करुणाले अभिनय गरेका करिब १२ वटा म्यूजिक भिडियो पनि छन् । ‘जय शम्भो’ चलचित्रमा डेब्यू गरेकी उनको अर्को चलचित्र ‘तिम्रो हुने कहिले’ हालै रिलिज भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ