- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो समय नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढ्दो छ । यससँगै कफी पारखीहरु माझ छुटै परिचय बनाउन सफल रेडमड कफीले विराटनगरमा आफ्नो १०औं आउट लेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा उक्त आउटलेट सञ्चालनमा आएको हो ।
सन् २०१२ बाट थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्व मा विराटनगरसम्म आफ्नो सेवा प्रदान गर्न सफल भएको छ । अहिले काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा आइरहेको छ ।
यस सँगै रेडमड कफीले अब चाँडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताएका छन् । साथै रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए ।
विशेष गरी कफी पारखीको लागी शान्त वातावरणमा साथी भाइसँग जमघट अथवा कुनै पनि अफिसियल मिटिङका लागि उचित स्थान भएकोले पनि रेडमड कफी युवा पुस्तामाझ पछिल्लो समय लोकप्रिय बन्दै गइरहेको छ ।