arrow

सुर्खेत कांग्रेसका चार प्रदेश क्षेत्रमा नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention1111111.jpg

कर्णाली । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न अधिवेशनले मतदानमार्फत प्रदेशसभा क्षेत्रीय कार्यसमितिको नेतृत्वको टुङ्गो लगाएको हो । 

सहायक जिल्ला निर्वाचन अधिकृत अधिवक्ता दुर्गाप्रसाद सापकोटाका अनुसार सुर्खेत क्षेत्र नं १ प्रदेशसभा क्षेत्र (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी, क्षेत्र नं २ को प्रदेशसभा (क) मा कर्णबहादुर बुढा र (ख) मा तेजबहादुर बस्नेत सभापति पदमा निर्वाचित भएका हुन् । 

अधिवेशनबाट प्रदेशसभा कार्यसमितिका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ । सहायक निर्वाचन अधिकृत सापकोटाले सोमबार सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशन र यही मंसिर १० गते जिल्ला अधिवेशन हुने जानकारी दिए । 

जिल्ला अधिवेशनमा जिल्लाका सात पदाधिकारी र १०  महासमिति सदस्य चयन हुनेछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ