arrow

कांग्रेसको महाधिवेशनः कास्कीका ६ वटै क्षेत्रमा पौडेल पक्षको वर्चश्व

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Congress president.jpg

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कास्कीका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । ६ वटै निर्वाचन क्षेत्रका केही पदमा बाहेक अधिकांश मतदानबाटै छिनोफानो गरिएको हो । जसमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वर्चश्व कायम गरेको छ । 

६ वटै क्षेत्रका निर्वाचित सभापति पौडेल पक्षका छन् । १२ उपसभापति, १२ सचिव र १२ सहसचिवमध्ये अधिकांश पौडेल पक्षकै निर्वाचित भए । 

पार्टी सभापति देउवा पक्षबाट निर्वाचित हुने उपसभापति, सचिव, सहसचिव र प्रदेश अधिवेशन प्रतिनिधिहरु निकै परिचित अनुहार मात्रै छन् । 

यसैगरी ६ वटै क्षेत्रबाट निर्वाचित करिब ९० प्रतिशत प्रतिनिधि वरिष्ठ नेता पौडेल पक्षकै रहेको बताइएको छ । कास्कीका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंसिर ६ गते सोमबार निर्वाचन हुँदैछ । 

यो निर्वाचनले केन्द्रीय महाधिवेशन प्रतिनिधि चुन्ने भएकाले निकै महत्वका साथ हेरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ