arrow

मोरङमा कोइराला परिवारको वर्चस्व

logo
विवेक मिश्र,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Congress-convention-14-nepa.jpg

मोरङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मोरङका ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शनिवार निर्वाचन सम्पन्न भएको छ । जसमा क्षेत्र नम्बर ५ बाहेक अन्य क्षेत्रमा कोइराला परिवारको वर्चस्व रहेको देखिन्छ । क्षेत्र नम्बर ५ मा भने संस्थापन पक्ष बलियो देखिएको छ ।

 क्षेत्र नं. १ (क) को सभापतिमा नरबहादुर मोक्तान र (ख)मा राजकुमार तामाङ विजयी भएका छन् । शनिवार मधुमल्ला पार्टी प्यालेसमा सम्पन्न मतदानको अन्तिम मत परिणाम अनुसार दुई प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान विजयी भएका हुन् । 

सभापतिमा मोक्तानले १३० मत प्राप्त गरे भने प्रत्याशी अर्जुन तुम्रोकले ९६ र वीरबल थापाले ३८ मत पाए । प्रदेश (ख) मा राजकुमार तामाङ नेतृत्वको टिम सर्वसम्मत भएको हो । सभापतिमा निर्वाचित मोक्तान वर्तमान क्षेत्रीय सभापति खड्ग फागो पक्षका हुन् । 

यस्तै मोरङ क्षेत्र नम्बर १ प्रदेश (ख) मा राजकुमार तामाङ नेतृत्वको टिम सर्वसम्मत भएको हो । यो सँगै मोरङ क्षेत्र नम्बर १ को सभापतिका उम्मेदवार खड्ग बहादुर फागो पक्ष बलियो मानिएको छ ।

त्यसै गरी क्षेत्र नं. २ (क) को सभापतिमा कनैयालाल राजवैशीं र (ख)मा देवेन्द्र बहादुर बस्नेत विजयी भएका छन् । कनैयालाल नेतृत्वको टिम सर्वसम्मत भएको हो । त्यसै गरी क्षेत्र नं. ३ (क) को सभापतिमा गङ्गा याखा निर्वाचित भएका छन् भने (ख)को सभापति पदमा जगतलाल चौधरी विजयी भएका छन् । याखा र चौधरी दुबै कोइराला पक्षधर मानिन्छन् । 

यस्तै मोरङ क्षेत्र नम्बर ४ प्रदेश (क) मा एकराम माझी र (ख) मा सुबोध निरौला निर्वाचित भएका छन् । त्यसै गरी क्षेत्र नम्बर ५ (क)मा अचानु खाँ गन्गाई र (ख) मा जितु साह निर्वाचित भए । ६ नम्बर क्षेत्रको प्रदेश (क)मा दीपक भगत र (ख)मा मधुवाबु तिवारी निर्वाचित भएका छन् । मोरङबाट निर्वाचित प्राय प्रतिनिधि कोइराला परिवार नजिक रहेका मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ