arrow

काँग्रेस जिल्ला तथा क्षेत्रका नेताहरूलाई उपसभापति निधीको आग्रह 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ मंसिर ५ आइतबार
nidhis.JPG

जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले नेपाली काँग्रेसको १४औँ महाधिवेशनको सफल बनाउनका लागि सकभर काँग्रेसका सबै तहको नेतृत्व सर्वसम्मत गर्नका लागि जिल्ला तथा क्षेत्रका नेताहरूलाई आग्रह गरेका छन् ।

आइतबार जनकपुरधामा उपसभापति निधीले जनकपुरधाम उपमहानगरपालिका अधिवेशनको उद्घाटन गर्दै मुलुकमा शान्ति, विकास तथा समृद्धिको लागि पनि नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई सफल बनाउनका लागि कार्यकर्ताहरूलाई आग्रह गरे।

पूर्व उपप्रधानमन्त्री समेत रहेको नेता निधीले भने, मुलुकमा भएको विकृति एवं विसङ्गतिको अन्त्य गर्नका लागि नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरू शासक होइन सेवकको रूपमा कामकाज गर्न आवश्यक भएको बताए ।

नेपाली काँग्रेसको अगुवाइमा नै मुलुकमा सङ्घीयता, गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता सहितको संविधान निर्माण भएको बताउँदै यसमा समय सापेक्ष परिमार्जन गरेर सबैको माग सम्बोधन हुँदै जाने उपसभापति निधीले जानकारी गराए। 

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेन्द्र यादवले भने केपी ओली जति नाटक गरे पनि  पार्टी छियाछिया भएको बताए । पार्टी भित्रको चुनावमा कसैको नजित नकसैको हार हुन्छ त्यसैले सबै जना पार्टी भित्र मनमुटाब नगर्न आग्रह गरे। 

पूर्व मन्त्री यादवले काँग्रेस को  विधान कुनै व्यक्ति विना पदको नहुने समेत जानकारी गराए । 

त्यस्तै प्रदेश नम्बर दुईको भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले नेपाली काँग्रेसको महाधिवेशनले काँग्रेसका नेता तथा कार्यकर्ताहरूमा नयाँ ऊर्जा थप हुने बताए ।

नेपाली काँग्रेस जनकपुर नगर सभापति मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधी सभाका सदस्य स्मृति नारायण चौधरी सहितका नेताहरूले बोलेका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ