- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा जिल्ला जिल्लामा सभापतिका आकांक्षीहरुले आफ्नो सक्रियता बढाएका छन् ।
प्युठानमा पनि जिल्ला सभापतिका प्रत्यासी विष्णुकुमार गिरीले कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छन् । उनी यस पटक कांग्रेसको प्यूठान सभापतिमा विजयी भएर आगामी स्थानीय तहको सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने अभियानमा जुटेका छन् ।
अग्रजलाई सम्मान गर्दै पार्टीलाई समावेशी तथा युवा केन्द्रीत बनाउन र जिल्लामा पार्टीको आफ्नै भवन निर्माण गर्ने आगामी काय योजना अघि सारेर चुनावी मैदानमा उत्रिएका छन् ।
त्यस्तै गिरीले स्थानीय टोलदेखि वडाका सबै तह तप्का साथै जिल्लामा प्रशिक्षण कार्यक्रम, जिल्लाको विकासका लागि सबै तहका सरकारसँग प्रभावकारी समन्वय गर्न साथै पार्टीका सदस्यहरुको उचित संरक्षण र परिचालन गर्ने योजना पनि बनाएको बताएका छन् ।
पार्टीको विभिन्न तहमा बसेर लामो समयदेखि काम गरिरहेका गिरीले सबै प्रतिनिधिहरुको हौसलाका कारण सभापतिमा दाबी गरेको प्रतिक्रिया दिएका छन् । उनलाई कांग्रेस नेता तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा गोबिन्द पोखरेलले साथ दिएका छन् ।
कांग्रेसले प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनपछि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन ६ मंसिर र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन १० मंसिरका लागि तय गरेको छ।
यसैगरी सातै प्रदेशमा प्रदेश अधिवेशन १६ र १७ मंसिरमा हुने निर्वाचन समितिले जनाएको छ। कांग्रेसको केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा काठमाडौँमा हुनेछ ।