arrow

कांग्रेस कास्की-२ रोचकः २५ प्रतिनिधिका लागि ६२ जनाको उम्मेदवारी

मन्त्रीदेखि उच्च तहका नेता भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention1111111.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ मा १० जना खुला महाधिवेशन प्रतिनिधिका लागि २५ जनाको उम्मेदवारी परेको छ । अधिकांश उम्मेदवार निकै परिचित नेताहरु छन् ।

मतदानमा क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन प्रतिनिधि छान्न निकै सकस पर्नेछ भने रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।महाधिवेशन प्रतिनिधिका लागि मन्त्रीदेखि केन्द्रीय सांसदमा लडेका नेताहरुसमेत छन् ।

गण्डकी प्रदेशका दुई मन्त्री कुमार खड्का र विन्दुकुमार थापा पनि कास्की २ बाटै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । 

यसैगरी केन्द्रीय संसदका लागि चुनाव लडेका देवराज चालिसे, शोभियत बहादुर अधिकारी, निवर्तमान क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला मधु, मुस्लिम संघ कास्कीका अध्यक्ष हारुन खान, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल पनि कास्की-२ बाट महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा जुटेका छन् । 

यस्तै, कास्की कांग्रेसका उच्च तहका नेताहरु ईन्द्रबहादुर कुँवर, ऋषिराम काफ्ले, ऋषिराम सापकोटा, गुरु बराल, दामोदर अधिकारी, धर्मदत्त ढुंगाना, पदमसिंह गुरुङ, प्रा. डा. रामचन्द्र पोखरेल, भोजराज आचार्य, मीनबहादुर केसी, राजेन्द्रनीधि कोइराला पनि कास्की-२ बाट महाधिवेशन प्रतिनिधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसैगरी नेविसंघका नेता विक्रमादित्य सिंह गिरी, राजेन्द्रबहादुर कोइराला (बन्दुके), विजयराज आचार्य, वीरेन्द्रनारायण विजुक्छे, विष्णुहरि बराल, हस्तबहादुर थापाले पनि कास्की-२ मै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । 

यता, दुई जना आदिवासी जनजाति महिला प्रतिनिधिका लागि चार जनाको उम्मेदवारी परेको छ । जसमा तीर्थकुमारी गुरुङ, यमुनादेवी भुजेल, शान्तिकुमारी गुरुङ, सुनयना पालिखे छन् । 

यस्तै, आदिवासी जनजाति खुला दुई जना प्रतिनिधिका लागि सात जनाको उम्मेदवारी परेको छ । जसमा आशिक गुरुङ, कमल बहादुर गुरुङ, टोपबहादुर थापा, निर्मल प्रसाद कर्माचार्य, बलबहादुर राना मगर कान्छा, भुवनसिंह गुरुङ र भेनिस थापा छन् ।

यसैगरी दलित खुला एक प्रतिनिधिका लागि अर्जुन विक, प्रेम परियार, बुद्धिबहादुर गहतराज र शरण नेपालीले उम्मेदवारी दिएका छन् । 

यता, मधेशी, आदिवासी र अपांग एक प्रतिनिधिका लागि राधाकृष्ण गुरुङ र पूजन थकालीले उम्मेदवारी दिएका छन् ।

यसैगरी चार जना खुला महिला प्रतिनिधिका लागि १० जना चर्चित महिला नेतृको उम्मेदवारी परेको छ । जसमा पूर्व संसाद विन्दादेवी आले राना, पार्टीका जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्यले उम्मेदवारी दिएका छन् । 

यस्तै महिला नेतृहरु कुमारी मुना बाँस्तोला, चेतमाया पगेनी, नम्रता बराल, विष्णु कोइराला, शारदा गिरी र शकुन्तला कोइरालाले पनि महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् ।

यस्तै, खस आर्यबाट दुई महिला प्रतिनिधिका लागि पूर्व वडासभापति उमा ठकुरी, महिला नेतृहरु कोपिला तिवारी, मिलन थापा र लीलादेवी पौडेलको उम्मेदवारी परेको छ । 

यसैगरी तीन जना खस आर्य खुला प्रतिनिधिमा सात नेताको उम्मेदवारी परेको छ । जसमा किरण केसी, दीपक बाँस्तोला, विष्णुप्रसाद पौडेल, मदन बस्नेत, मुकुन्द ज्वाला बाँस्तोला, मुक्ति बहादुर केसी र शोभाचन्द्र बराल छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ