arrow
ADVERTISEMENT

कांग्रेस महाधिवेशन

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन

मतदान अधिकृत को कहाँ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
congress-14th-general-convention111.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत सोमबार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । काठमाडौंका निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार सोमबार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अधिवेशन हुने भएको हो । 

आचार्यका अनुसार १० वटै निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा अधिवक्ता पूर्णिमा गुरागाई, क्षेत्र नम्बर २ मा बासुदेव रिजाल, ३ मा सन्तोष पण्डित, ४ मा कृष्णनाथ शर्मालाई मतदान अधिकृत तोकिएको छ । 

यसैगरी क्षेत्र नम्बर ५ मा प्रदीपकुमार पोखरेल, ६ मा शिवप्रसाद कँडेल, ७ मा वीरेन्द्रकुमार खत्री र क्षेत्र नम्बर ८ मा उत्तमभद्र खनाललाई मतदान अधिकृत तोकिएको छ । 

यसैगरी क्षेत्र नम्बर ९ मा अधिवक्ता भरत राउत र क्षेत्र नम्बर १० मा हरि बस्नेतलाई मतदान अधिकृत तोकिएको मुख्य निर्वाचन अधिकृत आचार्यले हाम्राकुरालाई जानकारी दिएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ