arrow
ADVERTISEMENT

ललितपुरमा संस्थापन भित्रै लडाइ : उदयशमशेरको कब्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
congress-14th-convention-719.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाको ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा संस्थापन समूहले कब्जा जमाएको छ । ललितपुरमा जिल्ला सभापति मदनबहादुर अमात्य र नेता उदयशमशेर राणा पक्षबीच प्रतिस्पर्धा भएको थियो । उनीहरु दुवै जना गुटका हिसाबले संस्थापन निकट हुन् ।
 
ललितपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा राणा पक्षका उम्मेदवार मिलन सिलवाल विजयी भएका हुन् । उनका प्रत्यासी तिर्थ घलान थिए । उनी अमात्य निकट हुन् । त्यस्तै प्रदेश सभा (ख) मा राणा पक्षका उम्मेदवार ज्ञानबहादुर लो विजयी भए । 

उनका प्रत्यासी कृष्णचन्द्र महर्जन सो क्षेत्रमा पराजित भएका छन् । यसैगरी ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा दिवाकर नेपाल विजयी भएका छन् । त्यहाँ त्रिपक्षीय भिडन्त भएको थियो । सो क्षेत्रमा संजय अर्याल र किशन बोगटी पराजित भएका छन् । 

यस्तै सो क्षेत्रको प्रदेश (ख) मा चन्द्रमान बज्राचार्य सर्वसम्मत चयन भएका छन् । उनी पनि राणा निकट हुन् । यसैगरी ललितपुर क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा वीरेन्द्र महर्जन विजयी भएका छन् । सो क्षेत्रमा गोविन्द घिमिरे पराजित भएका हुन् । उनी आमात्य निकट हुन् ।

त्यस्तै प्रदेश सभा क्षेत्र (ख) मा सुरेन्द्र डंगोल विजयी भएका छन् । त्यहाँ निरन खड्का पराजित भएका हुन् । खड्का अमात्यसँग निकट थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ