arrow
ADVERTISEMENT

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
congress-14th-general-convention1111111.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् । 

भक्तपुरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुई वटा छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ । ती सबै निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भइसकेको छ । 

निर्वाचन परिणामअनुसार क्षेत्र नम्बर १ ‘क’को सभापतिमा शिव अवाल विजयी भएका छन् । उनी कांग्रेसभित्र संस्थापन इतर समूहसँग नजिक भनेर चिनिन्छन् । अवालको समूह नै यो निर्वाचन क्षेत्रमा विजयी भएको हो । 

यसैगरी सोही निर्वाचन क्षेत्रको प्रदेश (ख) मा  जयन्द्र खड्का सभापतिमा विजयी भएका छन् । उनी कांग्रेसभित्र संस्थापन समूह निकट मानिन्छन् । उनलाई भक्तपुर सभापति दुर्लभ थापाकोसमेत साथ थियो । 

यसैगरी भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ (क) मा प्रदीप कार्की सभापति चुनिएका छन् । उनीसमेत सभापति थापासँग निकट रहेका छन् । उनलाई गगन थापासँग समेत निकट भन्दै जोडेर हेर्ने गरिएको छ ।

यस्तै क्षेत्र नम्बर २ (ख) मा सभापतिमा ओम प्रकाश श्रेष्ठ निर्वाचित बनेका छन् । उनी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइरालासँग निकट रहेको मानिन्छ । 

भक्तपुरको प्रदेश सभाको परिणाम हेर्दा दुवै पक्षलाई बराबरको हिस्सा दिएको छ । तर स्थानीय राजनीतिमा भने भक्तपुरको परिणामलाई केन्द्रीय राजनीतिसँग मात्रै जोडेर हेर्न नहुने स्थानीय नेताकार्यकर्ता बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ