- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेस बाँके प्रदेशसभा क्षेत्र नम्बर १ (ख) र क्षेत्र नम्बर २ (क) को सभापतिमा संस्थापन इतर समूह विजयी भएको छ। क्षेत्र नम्बर १ (ख) बाट बलराम शर्मा र क्षेत्र नम्बर २ (क) बाट ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् ।
क्षेत्र नम्बर १ (ख) मा शर्माले संस्थापन समूहका महावीर वलीलाई हराउँदै शर्मा सभापतिमा निर्वाचित भएका हुन् । शर्माले १८९ मत ल्याए । उनका प्रतिस्पर्धी वलीले १४६ मत पाएका छन् । पदाधिकारी सबैमा शर्मा नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा डा. राजकुमार सुवेदी र भाइराम वली, सचिव भिमप्रसाद पौडेल र लिलबहादुर राना तथा सहसचिवमा यज्ञराज सापकोटा र रुपलाल बुढाथोकी निर्वाचित भएका छन् ।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ (क) मा चौधरीले १३० मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी संस्थापन समूहका शिवकुमार बर्माले ८६ मत पाएका छन् । पदाधिकारी सबैमा चौधरी नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ ।
उपसभापतिमा मनोज कुमार चौधरी र नरबहादुर बोहरा, सचिव लक्ष्मण सिंह र बेलबहादुर बोहरा तथा सहसचिवमा जयप्रकाश खटिक र समसुद्दिन खाँ निर्वाचित भएका छन् ।
चौधरी जिल्ला समन्वय समिति बाँके सहसंयोजक हुन् ।