- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी महाधिवेशनबाट कांग्रेसलाई आम जनताले भरोसा र विश्वास गर्ने पार्टी बनाउनुपर्ने बताएका छन् ।
सोमबार एक अपिल जारी गर्दै ‘यो महाधिवेशनबाट हामीले त्यस्तो पार्टी बनाउनु छ, जसमा सबै सदस्यले आत्मसम्मान र अपनत्वको अनुभूति गरुन्, जसमाथि आम जनताले भरोसा र विश्वास गरुन’,थापाले भनेका छन् ।
उनले इतिहासलाई शिरानी हालेरमात्र पार्टीको श्रेष्ठता कायम रहन नसक्ने भन्दै कांग्रेसको पुनर्जागरण र नवनिर्माणमा सही निर्णय लिन क्षेत्रीय प्रतिनिधिहरुलाई अपिल सेमत गरेका छन् ।
सोमबार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशनको प्रकृयामा भाग लिने प्रतिनिधिहरुलाई रुपान्तरिक कांग्रेस बनाउने गरि मत दिन थापाले आह्वान गरेका छन्।
‘सात दशकदेखि नेपाली राजनीतिको हरेक मञ्चमा हाम्रो पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीलाई गर्व छ । तर, इतिहासलाई शिरानी हालेर मात्र अब हाम्रो श्रेष्ठता कामय रहन सक्दैन। परिवर्तनको वेगलाई ठम्याएर समयानुकूल पाइला चाल्न सकियो भनेमात्र हाम्रो श्रेष्ठता प्रमाणित हुँदै जानेछ’ उनले अपिलमा भनेका छन् ।
क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएकाले कांग्रेसजनको मत र भावनाको प्रतिनिधित्वका रुपमा कस्तो कांग्रेस बनाउने भन्ने निर्णय गर्ने अधिकार भएकाले आगामी पार्टीको नेतृत्वका लागि सोही अनुरुपका महाधिवेशन प्रतिनिधि छनोट गरेर पठाउन पनि उनले आग्रह गरेका छन् ।
कांग्रेसले सही बाटो समात्यो भने देशले सही बाटो समात्ने उल्लेख गर्दै थापाले पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि भूमिका खेल्न सबैलाई आग्रह पनि गरेका छन् ।