arrow

कांग्रेस नवलपुरका दुई निर्वाचन क्षेत्रमा आज मनोनयन, भोलि निर्वाचन

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर ६ सोमबार
congress-14th-general-convention11111.jpg

कावासोती । दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत आजबाट क्षेत्रिय अधिवेशनको प्रक्रिया शुरु हुँदैछ । 

कांग्रेस नवलपुरका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता गोविन्द सिग्देलले आज हुने संघीय निर्वाचनका क्षेत्र अधिवेशनका लागि दुइ वटा  निर्वाचन क्षेत्रमा मतदान अधिकृत खटाइसकिएको हाम्राकुरालाई जानकारी दिए । “सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौँ”, उनले भने ।

सिग्देलका अनुसार दुइ वटा संघीय निर्वाचन क्षेत्रका लागि आज मनोनयन र भोलि ७ गते मतदान हुने गरी तयारी अगाडि बढाइएको छ ।

यसअघि नवलपुरका ९२ वडा र ८ स्थानीय तह र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ ।

अधिवेशनले दुई वटा क्षेत्रीय कार्यसमिति र ५० जना महाधिवेशन प्रतिनिधि चयन गर्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ