arrow

उप होइन, सभापति नै लड्छु : गोपालमान श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
gopalman-new-FNL.JPG.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले आफू १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन तयारी अवस्थामा रहेको बताएका छन् । सभापतिबाट ब्याक भएको भन्ने चर्चा चलिरहेका बेला नेता श्रेष्ठले आफू कुनै हालतमा ब्याक नहुने स्पष्ट पारे।

‘म २०६१ देखि २०६३ सम्म कार्यवाहक सभापति भइसकेको मान्छे हुँ, त्यसकारण उप होइन, सभापति नै भिड्छु, त्यसका लागि तयारी अवस्थामा छु, अरु हल्लाको पछाडि कोही पनि नलाग्दा हुन्छ,’ श्रेष्ठले हाम्राकुरासँग भने।

उनले आफू गृह जिल्ला स्याङ्जामा अधिवेशनका क्रममा रहेको बताउँदै राजधानी आएपछि भेटघाटलाई तिव्रता दिने बताए ।

नेता श्रेष्ठ हाल कांग्रेसको संगठन विभाग प्रमुख छन् । उनी २०६४ को संविधान सभाको निर्वाचन अघि नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एक भएर बनेको गिरिजाप्रसाद कोइरालाको कार्यसमितिमा पहिलो वरियतामा उपसभापति बनेका थिए ।



नयाँ