arrow

नेपालले पहिले ब्याटिङ गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
cricket-ballhitting-wickets.jpg.jpeg

काठमाडौँ । आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गतको उद्घाटन खेलमा नेपालले हङकङ विरुद्धको खेलमा ब्याटिङ गर्ने भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमीमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
 
पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाल हङकङलाई पराजित गर्दै प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । यता हङकङ पनि नेपाललाई पराजित गर्दै जीत निकाल्ने दाउमा छ । 

विभिन्न छ टोली सहभागी उक्त प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टी-२० ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाली महिला टोलीले २०१९ को टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई चार विकेटले हराएको थियो । त्यसयता नेपाल र हङकङको भेट भएको छैन । 

छनोटअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भुटानसँग भोलि खेल्नेछ भने तेस्रो खेल कुवेतसँग बिहीबार खेल्ने तालिका रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ