arrow

‘टेन्सन’मा उपेन्द्र यादव, पदाधिकारी छान्न सकस  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
upendra-yadav-jasapa.jpg

काठमाडौं । सत्ता सहयात्री दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पदाधिकारी चयन गर्न सकस परेको छ । अघिल्लो महिना यादवले जसोतसो मन्त्री त छाने तर अहिले पदाधिकारी छान्न उनलाई अर्को चुनौती थपिएको छ । मन्त्री छानिएको विषयमा पार्टीभित्रै यादवको आलोचना हुँदै आएको छ । 

मंगलबार बस्ने भनिएको कार्यकारिणी समितिको बैठकमा पदाधिकारी चयनको विषयलाई पनि एजेण्डा बनाइएको कार्यकारणी समितिका सदस्य प्रकाश अधिकारीले जनाए । जसपामा ३५ सदस्यीय कार्यकारिणी बनाइएको छ । ३५ सदस्यीय कार्यकारिणीबाटै पदाधिकारी चयन हुने अधिकारीको भनाइ छ ।

जसपामा फरक फरक पृष्ठभूमिका नेताहरु जोडिएका छन् । अशोक राईको तत्कालीन संघीय समाजवादी पार्टी तथा डा. बाबराम भट्टराईको तत्कालीन नयाँ शक्ति पनि अहिले जसपामा जोडिएको छ । यसैगरी पूर्व राष्ट्रिय जनता पार्टीको पृष्ठभूमि भएका महेन्द्र यादव, राजकिशोर यादव, मिगेन्द्र सिंह यादव, मनिष सुमन लगायतका नेताहरू यतिखेर उपेन्द्र यादवतिर छन् । 

उनीहरुले राजेन्द्र महतो–महन्थ ठाकुरको साथ छाडेका छन् । उनीहरुले मधेसको प्रतिनिधित्व गर्छन् । मधेसलाई समेट्नु पर्ने उपेन्द्र यादवको अर्को वाध्यता छ । किनभने मधेस जसपाको भोट बैंक हो । मधेसलाई छाड्ने हो भने जसपा राप्रपाभन्दा पनि कमजोर हुने निश्चित छ । 

त्यसैले मधेसबाट रेणु यादव, महेन्द्र यादव, मृगेन्द्रसिं यादव, विजय यादव, रामसहाय यादव, राजकिशोर यादव, रमेश यादव, लगायतकालाई समेट्नु पर्ने वाध्यता छ । यसैगरी जनजाति र पूर्व नयाँ शक्ति पृष्ठभूमिका नेतालाई पनि समेट्न अध्यक्ष यादवमाथि दबाब परेको छ ।

जसपाका एक कार्यकारिणी समिति सदस्यका अनुसार अध्यक्ष यादवले २०७७ बैशाख १० गते तत्कालीन राजपा र समाजवादीबीच एकीकरण हुनुअघि तत्कालीन समाजवादी पार्टीमा सम्बद्ध भएका पदाधिकारीहरुमध्ये धेरैजसोलाई यसपटक दोहोर्याउने सोच बनाएका छन् । ‘त्यसमा एक दुई जनामात्र यता उता हुने सम्भावना छ’ ती नेताले भने ।

तत्कालीन समाजवादीमा महासचिवमा रामसहाय यादव र गंगानारायण श्रेष्ठ थिए । श्रेष्ठ तत्कालीन नयाँ शक्तिबाट आएका थिए । त्यसैगरी उपाध्यक्षको जिम्मेवारी रेणु यादवलाई दिइएको थियो ।
 
जसपाको विधानमा कार्यकारणी समितिबाट पदाधिकारी चयन गर्ने जिम्मेवारी दिइएको छ । कार्यकारिणी समितिले पदाधिकारी अनुमोदन गर्ने व्यवस्था पनि विधानमा राखिएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ