arrow

मुस्ताङमा जिप दुर्घटना : नेपाली सेनाका दुई कर्मचारीसहित घाइते, पाँच जनालाई काठमाडौँ लगियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
accident-final_1618193180.jpg

पोखरा । मुस्ताङको जोमसोमबाट म्याग्दीको बेनी आउँदै गरेका जिप दुर्घटनामा परेको छ । 

ग१ज ७७०३ नम्बरको जिप आज बिहान ५ बजे मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे नजिकै भन्सिङ भन्ने स्थानमा दुर्घटनामा परेको हो ।  

जिप सडकबाट करिब ३० मिटर तल खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सो जिप दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जना सैनिक उच्च शिखर शिक्षालय कैसाङ मुस्ताङमा कार्यरत कर्मचारी छन् ।

घाइते सबैलाई उपचारका लागि नेपाली सेनाको जहाजमार्फत काठमाडौँ लगिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ