arrow

तनहुँ घिरिङका रामबहादुरको घरमा आगलागी, घर र समान जलेर पूर्ण रूपमा नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ६ सोमबार
aaglagi-ilam-namsaling.gif

पोखरा । तनहुँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

तनहुँ घिरिङ गाउँपालिका-२ तल्लो छानुङका रामबहादुर परियारको घर आगलागीबाट नष्ट भएको हो । 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार परियारको ढुङ्गा र माटोले बनेको खरले छाएको एक तले कच्ची घरमा आगलागी भएको हो । 

आगलागी भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएर आगो नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । 

आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ