- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ को क्षेत्रीय सभापति शंकर राई सर्वसम्मत चयन भएका छन् ।
सोमबार भएको उम्मेद्वारी दर्तामा लेटाङ नगरपालिकाका मेयरसमेत रहेका राईको मात्रै उम्मेद्वारी परेकाले सर्वसम्मत क्षेत्रीय सभापति चयन भएका हुन् ।
वर्तमान क्षेत्रीय सभापति एवम उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो पुनः सभापतिको उम्मेद्वार बन्ने घोषणा गरेपनि केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बनेका छन् । अन्य पदमा पनि सर्वसम्मत रुपमा लैजाने पहल भइरहेको छ । सहमति नभएको खण्डमा भोली निर्वाचन हुने जनाइएको छ ।