- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा क्षेत्रमा मात्रै अधिवेशन अघि बढेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन सोमबारका लागि तोकिएकोमा १० क्षेत्र मध्ये तीन वटामा मात्रै निर्वाचन प्रक्रिया अघि बढेको हो।
क्षेत्र नम्बर २ र ५ मा अधिवेशनका लागि निर्वाचन शुरु भइसकेको छ । ती क्षेत्रमा अहिले मतदान जारी छ। क्षेत्र नम्बर ३ मा ४५ मत खसेपछि निर्वाचन अधिकृतको हस्ताक्षरसहितको मतपत्र बाहिर भेटिएपछि विवाद हुँदा निर्वाचन स्थगित भएको छ। सो क्षेत्रमा मंगलबार विहान ८ वजे छलफल राखिएको छ।
क्षेत्र नम्बर ६ मा विवाद भएपछि अधिवेशन भोलि मंगलबार गर्ने गरी स्थगित गरिएको छ । क्षेत्र नम्बर ७ मा भने परिणाम पनि आइसकेको छ। सो क्षेत्रमा मुकुन्द रिजाल क्षेत्रीय सभापतिमा निर्वाचित बनेका छन्।
यस्तै क्षेत्र नम्बर १ मा भोलि मंगलबार मात्रै अधिवेशन हुने भएको छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि भोलिमात्रै अधिवेशन हुने भएको काठमाडौंका निर्वाचन अधिकृत नरहरी आचार्यले जानकारी दिए। सो क्षेत्रमा उम्मेदवारी दर्ता भइसकेको छ भने अन्तिम नामावली प्रकाशित हुन बाँकी छ।
यसैगरी काठमाडौं क्षेत्र नम्बर ८, ९ र १० मा समेत मंगलबार मात्रै अधिवेशन हुने निर्वाचन समितिले जानकारी दिएको छ।