arrow

कांग्रेस महाधिवेशनः कास्की-२ मा मन्त्री थापालाई सर्वाधिक मत (विजयी २५ को मतसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Bindu Kumar Thapa.jpg

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको छिनोफानो भएको छ । कास्की २ मा २५ प्रतिनिधिका लागि ६२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

सोमबार भएको मतदानमा कांग्रेस नेता एवं गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाले सबैभन्दा धेरै मत ल्याएका छन् । उनले ३६१ मत ल्याएका छन् । 

यसैगरी नेता देवराज चालिसेले ३२३ मत प्राप्त गरेका छन् भने गण्डकी प्रदेशका मन्त्री कुमार खड्का तेश्रो स्थानमा सर्वाधिक मत प्राप्त गरे । उनले २८८ मत प्राप्त गरे । 

यसैगरी नेताहरु वीरेन्द्र नारायण विजुक्छेले २६२, शोभियतबहादुर अधिकारीले २२१, विश्वराज आचार्यले २००, माधवप्रसाद बाँस्तोला मधुले १९८, ऋषिराम काफ्लेले १७८, गुरु बरालले १८० र अर्जुन पोखरेलले १६४ मत प्राप्त गरी विजयी भए । खुला १० पदमा २५ नेताले चुनावी प्रतिस्पर्धा गरेका थिए । 

यता, महिला खुला प्रतिनिधिमा जिल्ला कोषाध्यक्षसमेत रहेकी नेतृ लक्ष्मी पाण्डेले १० जनामध्ये सबैभन्दा धेरै मत प्राप्त गर्दै विजयी भएकी छन् । उनले २७१ मत प्राप्त गरेकी छन् ।

यसैगरी जिल्ला सहसचिव रंगीला आचार्यले २३७, नम्रता बरालले २१८ र कुमारी मुना बाँस्तोलाले १८३ मत प्राप्त गरेर प्रतिनिधिमा विजयी भएका छन् ।

यस्तै, खस आर्य महिलामा कोपिला तिवारी २४७, र मिलन थापाले २४५ मत प्राप्त गरी विजयी भए भने खसआर्य खुलामा किरण केसी ३५७, मुकुन्द बाँस्तोला ज्वाला २१०, मदन बस्नेत १६३ मत प्राप्त गरी विजयी भए ।

यता, आदिवारी जनजाति महिला प्रतिनिधिमा तीर्थकुमारी गुरुङ ३२१ र सुनयना पालिखे २१४ मत पाएर विजयी भने खुलामा आशिक गुरुङ १४९ र निर्मल प्रसाद कर्माचार्य १५४ मत प्राप्त गरी विजयी भए । 

यसैगरी दलित खुलामा अर्जुन कुमार विक १९३, दलित अल्पसंख्यक र अपांगमा राधाकुमारी गुरुङ विजयी भएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ