- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को सभापतिमा केशव प्रसाद निर्दोषी विजयी भएका छन्। प्रत्यासी पुण्डरी प्रसाद बराललाई पराजित गर्दै निर्दोषी विजयी भएका हुन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मदतानमा निर्दोषीले २४७ र बरालले २३० मत प्राप्त गरे। पार्टीको दुई सचिवमा देवकृष्ण पराजुली २३० र महेन्द्र अधिकारी २२६ मत प्राप्त गरी विजयी भए।
सचिवमा प्रतिस्पर्धा गरेका गायत्री पराजुली १३४, सरोज नारायण बरालले १५२ र हिमराज अधिकारीले ११५ मत प्राप्त गरे। सहसचिवमा भावना पाण्डे २३७ र विश्वराज आचार्य २०२ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी दीपेन्द्र बरालले ११२, माधव प्रसाद कंडेलले १०१ र शिवराज देवकोटाले १२३ मत प्राप्त गरे।
सदस्यमा कृष्णप्रसाद सिग्देल, तारा गिरी, शारदाराज चालिसे र विष्णु सिग्देल विजयी भएका छन्।