arrow

कांग्रेस महाधिवेशनः कास्की-१ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
Rajendramani Lamichhane.jpg

पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ को सभापतिमा राजेन्द्रमणि लामिछाने विजयी भएका छन्। प्रतिस्पर्धी बुद्धिमान गुरुङलाई पराजित गर्दै लामिछाने सभापतिमा विजयी भएका हुन्। पार्टीको १४औं महाधिवेशन अन्तर्गत सोमबार भएको मतदानमा लामिछानेले ४५८ र गुरुङले ३३० मत प्राप्त गरे। सभापतिमा विजयी लामिछाने पोखरा महानगरका निवर्तमान उपसभापति र तत्कालिन लेखनाथ नगर समितिका सभापति हुन्।

यसैगरी सचिवमा सरोज केसी र ओम प्रकाश गुरुङ विजयी भएका छन्। केसीले ४५६ र गुरुङले ४१८ मत प्राप्त गरे। सचिवका प्रतिस्पर्धी शोभामोहन पौडेलले ३२२ र जितेन्द्र गुरुङले १८८ मत प्रापत गरे। सचिवमा विजयी केसी मादी गाउँपालिकाका जनप्रतिनिधि हुन्। उनी कास्की १ (ख) का निवर्तमान सचिव र नेविसंघको पूर्व केन्द्रीय सदस्य पनि हुन्।

पार्टीको सहसचिवमा सुजता गुरुङ ३७१ र मोती गिरी ३४५ मत प्राप्त गरी विजयी भएका छन्। सहसचिव पदका प्रतिस्पर्धी किरण थापाले ३४४ र उपेन्द्र न्यौपानेले २५२ मत प्राप्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ