केन्द्रीय सदस्यका आकांक्षी जीतजंग ललितपुर ३ बाट चुनिए महाधिवेशन प्रतिनिधि
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ७ मंगलबार
1.5k
Shares
ललितपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत नेपाली कांग्रेसको १४ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्लातर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् ।
बस्नेतले ३९९ मत मध्ये २७८ मत पाएका हुन् । उनले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।