- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं २ को प्रदेश सभाबाट प्रदेश अधिवेशन प्रतिनिधिमा सुशिल भण्डारी विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट खुल्ला क्षेत्रीय प्रतिनिधिमा सबैभन्दा कान्छा २३ वर्षीय भण्डारी २ सय २२ मत ल्याएर विजयी भए ।
दुई समूह संस्थापन र संस्थापन इतर बनेर बनेर चुनावी प्रतिष्पर्धा भएका बेला उनले कुनै टिममा नलागी खुल्ला रुपमा प्रतिष्पर्धा गरेका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी सुरेन्द्र विष्टलाई ३६ मतले पराजित गरे । जम्मा खसेको ४४९ मतमा लोकप्रिय मतका साथ भण्डारी विजयी भएका हुन् ।
गुटउपगुटमा नलाग्ने भन्दै उनले टिम बाहिरबाट प्रदेश प्रतिनिधिमा उम्मेद्धारी दिएका थिए । भण्डारीसँग पराजित कांग्रेस नेता विष्ट शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदाका केन्द्रीय सदस्य तथा कांग्रेस अछामका पुराना नेता हुन् ।
प्रेस युनियन अछामका जिल्ला सचिव भण्डारी कांग्रेसमा उदाउँदा युवा हुन् । उनले विगत २ महिनादेखि प्रदेश प्रतिनिधिमा आफ्नो उम्मेद्धारी रहने भन्दै प्रचार प्रसार गर्दै आएका थिए ।